Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना डिस्चार्ज

  • बुधवार, फाल्गुण २६ २०७७

  • 577
    SHARES

  • पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण, ६३ जना डिस्चार्ज

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ३ हजार ४८८ स्वाब नमूना परीक्षण गराउँदा १०४ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४६ महिला ५८ पुरुष छन्। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।

    यस्तै आज थप ६३ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।

    देशभर ९११ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। आज कोरोनाबाट कसैको पनि मृत्यु एको छ।

    यस्तै अहिले ५५ जना क्वारेन्टिन र ९११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


    बुधवार, फाल्गुण २६ २०७७०४:३३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij