Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले सामूहिक योगदानको पार्टी हो, व्यक्तिगत होइन : भीम रावल

एमाले सामूहिक योगदानको पार्टी हो, व्यक्तिगत होइन : भीम रावल

‘मैले व्यक्तिगतरुपमा यसो गरे उसो गरे भनेर फुर्ति लगाउन मिल्दैँन ’
  • मंगलवार, चैत्र ३ २०७७

  • 819
    SHARES

  • एमाले सामूहिक योगदानको पार्टी हो, व्यक्तिगत होइन : भीम रावल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कसैको व्यक्तिगत योगदानले मात्र सरकारको नेतृत्व तहमा नपुगेको बताउनुभएको छ ।

    उहाँले नेपाल कम्युनिष्ट पाटी एमाले सामुहिक विवेक र योगदानले नेतृत्व तहसम्म पुगेको उल्लेख गर्दै कसैले मैले व्यक्तिगतरुपमा यसो गरे उसो गरे भनेर फुर्ति लगाउन नमिल्ने दावी गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष रावलले भन्नुभयो,“पार्टी धेरै व्यक्तिको योगदानले अहिले नेतृत्वमा छ , यो स्थान बनाउन पनि कुनै एक जनाको मात्र योगदान छैन् र त्यो सम्भव पनि छैन्, सामूहिकरुपमा संघर्ष गरेर नेकपा एमाले बनेको हो ।”

    फरक प्रसंगमा उहाँले एमाले पार्टीलाई एकजुट बनाउन मतभेदलाई स्थान नदिनुपर्ने धारणा राख्नुभयो ।

    उहाँले सकेसम्म अरु कम्युनिष्ट पार्टीसँग पनि सहकार्य गर्नुपर्ने नभए एमाले एकजुट हुनुपर्ने धारणा आफ्नो रहेको स्पष्ट पार्नुभयो ।

    उपाध्यक्ष रावलले भन्नुभयो,“सर्वोच्च अदालतको फैसलालाई स्वीकार्दै एमाले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्छ भन्ने मान्यता हो, एमाले पार्टी बनाउन लाखौं लाख व्यक्तिहरुको योगदान छ त्यो योगदानको कदर सबैले गर्नुपर्छ ।”

    उहाँले सोमबारको वार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफुहरुको कुरा नमिलेको पनि स्पष्ट पार्नुभयो ।


    मंगलवार, चैत्र ३ २०७७०७:४१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij