Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘झलनाथ–माधवले प्रचण्डको निर्देशनमा राष्ट्रिय भेला गर्न लागेका हुन्’ : सूर्य थापा (१५ आरोपसहित)

‘झलनाथ–माधवले प्रचण्डको निर्देशनमा राष्ट्रिय भेला गर्न लागेका हुन्’ : सूर्य थापा (१५ आरोपसहित)

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.1K
    SHARES

  • ‘झलनाथ–माधवले प्रचण्डको निर्देशनमा राष्ट्रिय भेला गर्न लागेका हुन्’ : सूर्य थापा (१५ आरोपसहित)

    काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल– माधवकुमार नेपाल–ले यही चैत ४ र ५ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलामाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गम्भीर आरोप लगाएका छन् ।

    सो भेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम भएको उनले आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले विभिन्न १५ आरोप लगाएका छन् ।

    प्रेस सल्लाहकार थापाले खनाल–नेपालले भेलामा सहभागिताका लागि तयार पारेको निमन्त्रणा ब्यानरसमेत ‘च्याते’का छन् । उनले सो ब्यानरलाई रोतो इन्टु लगाएका छन् । यसको अर्थ च्यातेको भन्ने हुन्छ ।

    यस्ता छन् उनका १५ आरोप :

    शहरमा “विधि र पद्धति“को रमिता कि गाइजात्रा ?

    नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला :

    १. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो !

    २. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिन्छ ।

    ३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।

    ४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।

    ५. पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।

    ६. यो “विधि र पद्धति“को दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।

    ७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।

    ८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।

    ९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।

    १०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।

    ११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।

    १२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।

    १३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।

    १४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौ ।

    १५. त्यसैले आउनुहोस, विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौं ! अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं !

    Capture2.PNG

    https://www.facebook.com/photo.php?fbid=3830396873719455&set=a.560462577379584&type=3


    मंगलवार, चैत्र ३ २०७७१२:०४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij