Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री हिडे हेलिकोप्टर लिएर ससुराली (४ तस्बिरसहित) !

प्रदेश १ का मुख्यमन्त्री हिडे हेलिकोप्टर लिएर ससुराली (४ तस्बिरसहित) !

  • मंगलवार, चैत्र ३ २०७७

  • 2.4K
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री हिडे हेलिकोप्टर लिएर ससुराली (४ तस्बिरसहित) !

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । उनी श्रीमती जाङ्ग्मु शेर्पाका साथ हेलिकोप्टर चार्टर गरेर आज संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा गएका हुन् । उनीहरुसँग त्यहाँका सांसद राजेन्द्र गौतमलगायतका एमालेका केही नेता तथा कार्यकर्ता पनि छन् ।

    160757814_3907753942615555_8498822620377776863_o.jpg

    मुख्यमन्त्री राई करिब दुई महिना मात्र आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका थिए ।

    राई दम्पत्ति हेलिकोप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएपछि यो विषय बाहिरिएको हो ।

    राईकी श्रीमती शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् ।

    161241576_3907754235948859_6597625173375702545_o.jpg

    ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान् माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो !’, उनले लेखेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ ! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो !’

    मुख्यमन्त्रीपत्नी शेर्पाले गाउँको विकास नभएकोमा दुखेसासमेत गर्न भ्याएकी छिन् ।

    160980720_3907753695948913_790293466721764589_o.jpg

    ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ’, उनले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान् माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !’

    मुख्यमन्त्रीपत्नी शेर्पाका अभिव्यक्तिप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले आफ्नो गाउँ मात्र नभएर सबै गाउँ यसरी नै घुमेर विकासका लागि पहल गर्न सुझाब दिएका छन् । तर, कतिपयले भने यसलाई विलासी जीवनको संज्ञा दिएका छन् ।

    राईलाई प्रधानमन्त्री ओलीनिकट भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेको आरोप लागेको छ ।

    Capture.PNG


    मंगलवार, चैत्र ३ २०७७०३:२७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij