काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज संसदीय दलको बैठक बस्न लागेको छ ।
विहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा सहभागी हुन सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । तर एमालेका पुर्व अध्यक्ष झलनाथ खनाल र पूर्व महासचिव माधवकुमार नेपाल पक्षीय सांसद भने बैठकमा सहभागी नहुने जनाइएको छ ।
उनीहरुले सोही समयमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको र ओलीले यसअघि गरेको एकलौटी निर्णय फिर्ता लिन अस्विकार गरेकाले उनीहरु बैठकमा सहभागी नहुने भएका हुन् ।
अध्यक्ष ओलीले ७ गते केन्द्रीय कमिटिको बैठक पनि बोलाउनु भएको छ । बैठकमा सहभागी हुन उहाँले नेपाल खनाल पक्षलाई सार्वजनिक रुपमा समेत आह्वान गर्नुभएको छ ।