Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ताबारे निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक बस्दैँ

सत्ताबारे निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक बस्दैँ

  • बिहिवार, चैत्र ५ २०७७

  • 770
    SHARES

  • सत्ताबारे निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक बस्दैँ

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज ११ बजे बस्न लागेको हो ।

    देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता लगायतको विषयमा छलफलका लागि सो बैठक बस्न लागेको हो ।

    देशमा सत्ता समीकरणको चर्चा चलिरहेको छ, सो चर्चाको केन्द्रविन्दुमा जसपा नेपाल पनि रहेको छ ।

    सरकार निर्माणका लागि कसलाई सहयोग गर्ने, कसलाई सहयोग नगर्ने विषयमा पनि आजको बैठकले एउटा निष्कर्ष निकाल्ने कार्यकारिणी समिति सदस्य मनिष सुमनले बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारलाई सघाउने कि अर्को नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई सघाउने विषयमा पार्टीभित्र फरक फरक मत रहेको छ । यही विवादलाई निरुपण गर्न कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।


    बिहिवार, चैत्र ५ २०७७१०:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij