Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चौँथो टी–२० मा भारतसँग इङ्ल्याण्ड ८ रनले पराजित

चौँथो टी–२० मा भारतसँग इङ्ल्याण्ड ८ रनले पराजित

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.1K
    SHARES

  • चौँथो टी–२० मा भारतसँग इङ्ल्याण्ड ८ रनले पराजित

    काठमाडौं । अहमदाबादमा खेलिएको चौँथो टी–२० खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले हराएको छ ।

    जीतसँगै ५ खेलको शृङ्खलालाई भारतले २–२ को बराबरी गर्न सफल भएको छ ।

    टस हारेर पहिलो ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो ।

    जवाफमा इङ्ल्याण्डको टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो । अन्तिम २ ओभरमा जीतका लागि इङ्ल्याण्डलाई ३३ रन चाहिएकोमा टोली २४ रन मात्र बनाएको थियो ।

    भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए । उता शार्दूल ठाकुरले ३ विकेट लिँदै इङ्ल्याण्डको टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन् । हार्दिक पाण्ड्या र राहुल चाहरले २–२ विकेट लिए ।

    इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ तथा जेसन रोयले ४० रनको योगदान दिए । जोफ्रा आर्चरले ४ विकेट लिए ।

    भारतले पछिल्लो २ वर्षदेखि टी–२० मा एउटै टोलीसँग लगातार दुई खेल हारेको छैन । पछिल्लो पटक सन् २०१९ मा भारत अस्ट्रेलियासँल लगातार दुई खेलमा पराजित भएको थियो ।

    शृङ्खलाको अन्तिम र निर्णायक खेल २० मार्चमा अहमदाबादमा नै हुने छ ।


    शुक्रवार, चैत्र ६ २०७७०८:३३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij