Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रिमियर लिग : फुलह्याममाथि लिड्सको २–१ जित

प्रिमियर लिग : फुलह्याममाथि लिड्सको २–१ जित

  • शनिवार, चैत्र ७ २०७७

  • 978
    SHARES

  • प्रिमियर लिग : फुलह्याममाथि लिड्सको  २–१  जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लिड्सले फुलह्याममाथि २–१ गोल अन्तरले विजयी भएको हो ।

    लिड्सका लागि पेट्रिक बामफोर्ड र राफेल बेलोलीले एक एक गोल गर्दा जोचिम एन्डरसनले एक गोल फर्काएका थिए । लिड्सका लागि २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। एन्डरसनले ३८ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई बराबरीमा ल्याएका थिए ।

    पहिलो हाफमा एक एक गोल भएको खेलमा लिड्सले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि राफेलले ५८ औं मिनेटमा गोल गरेपछि लिड्स २–१ गोल अन्तरले विजयी हुन पुग्यो ।

    यो नतिजासँगै लिड्स युनाइटेड ३९ अंकका साथ ११ औं स्थानमा रहँदा २६ अंक जोडेको फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ ।

    प्रिमियर लिगको तालिकाको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले ७१ अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले ५७ अंक जोडेको छ ।


    शनिवार, चैत्र ७ २०७७०८:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij