Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री भेट्न जसपाका नेताहरु पुगे बालुवाटार, के कुराकानी हुँदैछ ?

प्रधानमन्त्री भेट्न जसपाका नेताहरु पुगे बालुवाटार, के कुराकानी हुँदैछ ?

  • मंगलवार, चैत्र १० २०७७

  • 965
    SHARES

  • प्रधानमन्त्री भेट्न जसपाका नेताहरु पुगे बालुवाटार, के कुराकानी हुँदैछ ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन् । अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन् ।

    ठाकुरको सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीसँग छलफलका लागि नेताहरुको टोली बालुवाटार गएको जानकारी दिनुभएको छ ।

    ती नेताका अनुसार अध्यक्ष ठाकुरसहित पूर्वराजपा टिम ओलीसँगै सहकार्यको पक्षमा लागेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित पूर्वसमाजवादीको समूह ओली प्रतिगमनकारी भएको भन्दै तत्काल सहकार्य गर्न नहुने अडानमा छ ।

    सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपाले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको भने छैन ।


    मंगलवार, चैत्र १० २०७७१२:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij