Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अन्ततः यसरी जोगियो प्रदेश १ का मुख्यमन्त्रीको कुर्सी !

अन्ततः यसरी जोगियो प्रदेश १ का मुख्यमन्त्रीको कुर्सी !

  • बुधवार, चैत्र ११ २०७७

  • 1.5K
    SHARES

  • अन्ततः यसरी जोगियो प्रदेश १ का मुख्यमन्त्रीको कुर्सी !

    काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ । अविश्वासको प्रस्ताव फिर्ता भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ ।

    एमाले संसदीय दलको आज बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

    अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुईजना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिनुभएको छ ।

    ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ’, उहाँले भन्नुभयो । प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।


    बुधवार, चैत्र ११ २०७७०१:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij