Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित

बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.3K
    SHARES

  • बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित

    एजेन्सी । बेलायतमा पछिल्लो २४ घन्टामा थप ९८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ।

    गत हप्ता बुधबारको तुलनामा आजको मृतक संख्या ३० प्रतिशत कम हो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ३२८ पुगेको छ । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

    यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ६०५ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४३ लाख १२ हजार ९०८ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।

    बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

    हाल अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ५ हजार ४०७ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ७११ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३६० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

    ३ करोड ११ लाख बढी डोज खोप वितरण

    बेलायतमा हालसम्म तीन करोड ११ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ११ लाख ८६ हजार ३६२ डोज खोप वितरण भइसकेको छ ।

    कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८६ लाख ५३ हजार ५२३ जनाले खोपको पहिलो डोज लिएका छन् भने २५ लाख ३२ हजार ८३९ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

    बेलायतमा खोप वितरणलाई तीव्रता दिने क्रममा एकैदिनमा ८ लाख ४४ हजार २८५ जनालाई खोप लगाएको छ । खोप वितरणमा दिइएको तीव्रतासँगै बेलायतमा कोरोना संक्रमण दरमा कमी आउँदै गएको छ भने मृतक संख्यामा पनि निकै ह्रास आएको छ । बेलायतमा हाल फाइजर र अस्ट्राजेनिका दुईवटा खोप वितरण भइरहेको छ ।


    बिहिवार, चैत्र १२ २०७७०६:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij