Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट : फ्रान्स घरेलु मैदानमै युक्रेनसँग बराबरीमा रोकियो

विश्वकप छनोट : फ्रान्स घरेलु मैदानमै युक्रेनसँग बराबरीमा रोकियो

  • बिहिवार, चैत्र १२ २०७७

  • 930
    SHARES

  • विश्वकप छनोट :  फ्रान्स घरेलु मैदानमै युक्रेनसँग बराबरीमा रोकियो

    एजेन्सी । विश्व विजेता फ्रान्सले विश्वकप छनौट चरणको सुरुवात बराबरीबाट गरेको छ ।

    युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।

    घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए ।

    तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेपछि युक्रेन बराबरीको अवस्थामा आएको हो ।

    त्यसपछि थप गोल हुन सकेन र फ्रान्स बराबरीमै रोकियो । समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् ।

    यसैगरी, विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगलले जित निकालेको छ ।

    बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    पोर्चुगलको जितमा आत्मघाती गोल निर्णायक बन्यो ।

    खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल पोर्चुगलको जितमा निर्णायक बन्यो ।

    यस जितसँगै छनौटको समूह ए मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।

    यसै समूहको अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३–२ गोल अन्तरले हराएको छ ।

    सर्बिया ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

    पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।

    यता युरोपियन छनोटको अर्को खेलमा भने बेल्जियमले वेल्समाथि पूनरागमन जित निकालेको छ ।

    घरेलु मैदानमा गयराति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ ले पराजित गरेको हो ।

    बेल्जियमको जितमा केभिन डि ब्रुयन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे ।

    वेल्सका ह्यारी विल्सनको एक गोल गरे । जितपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ ।

    यही समूहको अर्को खेलमा चेक रिपब्लिकले इस्टोनियामाथि ६–२ को सानदार जित हात पारेको छ ।


    बिहिवार, चैत्र १२ २०७७०७:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij