Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षी दलले ओलीलाई विदाइ गर्न ढिलाइ गरेकोप्रति बाबुराम असन्तुष्ट

प्रतिपक्षी दलले ओलीलाई विदाइ गर्न ढिलाइ गरेकोप्रति बाबुराम असन्तुष्ट

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.1K
    SHARES

  • प्रतिपक्षी दलले ओलीलाई विदाइ  गर्न ढिलाइ गरेकोप्रति बाबुराम असन्तुष्ट

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताउनुभएको छ ।

    भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता नै पाएको संकेत गर्नुभएको हो ।

    प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उहाँको भनाइ छ । प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले आज ट्वीट गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

    ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ भट्टराईले ट्वीट गर्दै भन्नुभएको छ,‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है !’


    बिहिवार, चैत्र १२ २०७७१०:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij