Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, भावी रणनीति तय हुने

एमाले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, भावी रणनीति तय हुने

  • शुक्रवार, चैत्र १३ २०७७

  • 1.3K
    SHARES

  • एमाले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, भावी रणनीति तय हुने

    काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्न लागेको छ ।

    प्रधानमन्त्री तथा पार्टीको संसदीय दलका नेता समेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएकै दिन नेपाल खनाल समूहको बैठक बस्न लागेको हो।

    संसदीय दलको बैठक ३ बजे तय गरिएको छ भने नेपाल खनाल समूहको केन्द्रीय कमिटीको बैठक त्योभन्दा अगाडि ११ बजे नै बस्ने भएको छ ।

    बैठकमा संसदीय दलको बैठकमा सहभागी हुने की नहुने र हुने वा नहुने भएमा के कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले यसअघि बोलाएको संसदीय दलको बैठकमा भने नेपाल खनाल समूहका सांसद अनुपस्थीत भएका थिए ।

    आजको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका केही नेताहरुलाई स्पष्टिकरण सोधेको र त्यसमा उहाँहरुले दिएको जवाफका बारेमा पनि छलफल हुने भएको छ ।

    त्यसैगरी प्रदेश एक र बागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको विषयमा पनि समिक्षा हुने नेताहरुले जानकारी दिएका छन् ।


    शुक्रवार, चैत्र १३ २०७७०८:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij