Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन, आजै शपथ ग्रहण

प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन, आजै शपथ ग्रहण

  • शुक्रवार, चैत्र १३ २०७७

  • 934
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् पुनर्गठन, आजै शपथ ग्रहण

    काठमाडौँ-  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले केही मन्त्रीलाई बर्खास्त गरेका थिए भने केहीले राजीनामा गरेका थिए ।

    माओवादीबाट हालै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिएका छन् भने उषाकला राई सामाजिक विकास मन्त्री बनेकी छिन् । यस्तै अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र राम राना कृषि मन्त्री बनेका छन् ।

    कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि तय भएको नवनियुक्त मन्त्री राईले जानकारी दिइन् ।

    यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै राईविरुद्ध अविश्वासको प्रस्तावमार्फत हटाउने कोशिश गरेका थिए ।

    फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई अवैध ठहर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि मुख्यमन्त्री राई एकल बहुमतप्राप्त मुख्यमन्त्री बनेका छन् ।


    शुक्रवार, चैत्र १३ २०७७११:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij