अष्ट्रेलियाका पूर्व टेष्ट क्रिकेटर तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का म्याच रेफ्री बर्री जर्मनको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा आज (शनिबार) निधन भएको हो ।
अष्ट्रेलियाको कप्तानी तथा पूर्व विकेटकिपर समेत रहेका जर्मनको क्रिकेट अष्ट्रेलियाले निधन भएको पुष्टी गरेको छ । उनले अष्ट्रेलियाका लागि १९ टेष्ट खेलेका थिए ।
इंग्ल्यान्ड भ्रमणको दौरान सन् १९६८ मा उनले एक खेलमा अष्ट्रेलियाको कप्तानी गरेका थिए । जर्मनको १९ टेष्टमा ४ सय रन बनाएका थिए । क्रिकेट अष्ट्रेलियाले उनको निधनप्रति समवेदना समेत व्यक्त गरेको छ ।