Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतविरुद्धको दोस्रो एकदिवसीयमा इंग्ल्यान्डको ६ विकेटको जित

भारतविरुद्धको दोस्रो एकदिवसीयमा इंग्ल्यान्डको ६ विकेटको जित

  • शनिवार, चैत्र १४ २०७७

  • 1.5K
    SHARES

  • भारतविरुद्धको दोस्रो एकदिवसीयमा इंग्ल्यान्डको ६ विकेटको जित

    काठमाडौं । इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीयमा ६ विकेटको जित निकालेको छ ।

    पुनेमा शुक्रबार (हिजो) भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

    इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय इनिङ्स खेले । यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

    यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाएका थिए । भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो । भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि पर्याप्त भएन ।

    यस्तै ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।


    शनिवार, चैत्र १४ २०७७०७:१४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij