Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टोलीको प्रशिक्षक छनोट खुल्ला प्रतिस्पर्धाबाट हुने

नेपाली क्रिकेट टोलीको प्रशिक्षक छनोट खुल्ला प्रतिस्पर्धाबाट हुने

  • शनिवार, श्रावण ३ २०७७

  • 969
    SHARES

  • नेपाली क्रिकेट टोलीको प्रशिक्षक छनोट खुल्ला प्रतिस्पर्धाबाट हुने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक छनोट खुल्ला प्रतिस्पर्धाबाट हुनेभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनौट गर्न लागेको हो ।

    राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि नेपाली टोली लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।

    क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने लागेको हो । आईसीसी र एसीसीसंगको समन्व्यमा क्यानले अब खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने जानकारी दिएको छ ।

    क्यानका सचिब अशोकनाथ प्याकुरेलका अनुसार आईसीसीसंगको समन्व्यमा मुख्य प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गर्ने तयारी भएको हो । खुला प्रतिस्पर्धाबाट प्रशिक्षक खोज्न क्यान तयार रहेको र आईसीसीले तयार गर्ने मापदण्डका आधारमा दर्खास्त आह्वान गरिने प्याकुरेले जनकारी दिए ।

    क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकुद परिषद र आईसीसीसको सहमतिमा पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षकमा अनुबन्धित भएका थिए । तर उनले आफ्नो सम्झौताको समय अवधि नसकिदै आफ्नो तलबको विषयमा असन्तुष्टि देखाउंदै राजिनामा दिएका थिए ।


    शनिवार, श्रावण ३ २०७७०३:०६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij