काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित नागरिक आन्दोलनको बहसमा बोल्दै उनले अध्यक्ष प्रचण्डले केही दिनमै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए ।
उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाब छ, समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका भएपनि अब राजनीतिक र नैतिक रूपमा धेरै कुर्न सकिदैन ।’
प्रचण्डले नेपाली राजनीतिमा दिउँसै रात पार्ने काम भएको बताएका छन् । सेटिङको आधारमा निर्वाचन आयोगले गरेको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात परेको उनको भनाई छ ।
पार्टीको दुई तिहाइ बढीले केपीको प्रवृति निरंकुश भएकोले पार्टीको अध्यक्षबाट हटाइएको हो। सत्तरी प्रतिशतले उनीसँग स्पस्टीकरण मागेको र नदिएपछि सदस्यबाट पनि बहुमतले हटाएु, उनले भने, त्यहाँबाट हटाएर मात्र नपुग्ने भनेपछि फागुन २३ गते बहुमत हस्ताक्षरसहित संसदीय दलको सचिवालयमा गएर ज्ञापनपत्र बुझाएको। संसदीय दलको बहुमत र केन्द्रीय समितिको दुई तिहाइ भएपछि पनि निर्वाचन आयोगबाट निर्णय गरिंदैन । किनकि त्यो सबै सेटिङमा भएको हो।
निर्वाचन आयोगको कार्यबाट सबैभन्दा बढी पीडित आफू नै भएको बताउँदै दहालले भने, मैले वैधानिक ढंगले नै ओलीलाई सदस्यबाट पनि निकालेकै हो । वैधानिक आधारमा ७० प्रतिशत सहभागीता सहितले निकालेकै हो । जन्मिसकेको बच्चालाई फेरि गर्भमा हाल्ने काम निर्वाचन आयोगले गर्यो। यसबाट सबैभन्दा बढी पीडित म र मैले नेतृत्व गरेको पार्टी नै भएको छ।
उनले निर्वाचन आयोग र प्रम ओलीले संविधानमा हुँदै नभएको कुरा गर्दा पनि त्यसलाई राष्ट्रिय अन्तरराष्ट्रिय सहमति प्राप्त भएकोमा अचम्म लागेको बताए ।
नागरिक आन्दोलनलाई संवोधन गर्दै उनले भने, प्रचण्डले कम्युनिष्ट जुटाउने काम गर्यो र बल्ल खायो भन्ने लागेको होला । मैले राजनीतिक स्थायित्वतिर लान खोजेको मात्र हो ।
पार्टी र परिवारभित्र भएको ठूलो बलिदान र आफूले गरेको कामलाई मध्यनजर गर्दै नागरिक आन्दोलनका अगुवाले जे सल्लाह दिन्छन् त्यसलाई कार्यनवयन गर्ने उनले बताए।
उनले संसद् पुनर्स्थापना गराउन सफल कार्यलाई सम्झंदै भने, ुसंसद् पुनर्स्थापना गराउन सफल भएका छौं । यो नयाँ प्रकारको जनयुद्ध जितिएको नागरिक आन्दोलनमा सहभागी बेस्ट ब्रेनको आधारमा नै भएको हो ।ु
राजनितिक विकास र स्थायित्वको निम्ति पार्टी एकता र गठबन्धन आफैंले गरेको भए पनि उनले पार्टिभित्र ओलीको निरंकुश प्रवित्तिका विरुद्ध विद्रोहको झन्डा उठाउने पनि आफैं भएको बताए।