Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए ८९ संक्रमित

२४ घण्टामा थपिए ८९ संक्रमित

  • आइतवार, चैत्र १५ २०७७

  • 751
    SHARES

  • २४ घण्टामा थपिए ८९ संक्रमित

    काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ।

    मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ६५ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौँका ५२, ललितपुरका ७ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार आइतबार ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ।

    हाल देशभर १ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार १ सय १ पीसीआर परीक्षण भएको छ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।


    आइतवार, चैत्र १५ २०७७०५:३९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij