Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मोदीको बंगलादेश भ्रमणको विरोध प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

मोदीको बंगलादेश भ्रमणको विरोध प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

  • सोमवार, चैत्र १६ २०७७

  • 1.3K
    SHARES

  • मोदीको बंगलादेश भ्रमणको विरोध प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

    तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।

    हिजोको हड्तालका दौरान भएको झडपका क्रममा घाइते भएका मानिसले अस्पतालमा ज्यान गुमाएको अस्पतालले जनाएको छ ।

    मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए ।

    शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।

    मोदीको भ्रमणको पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएको थियो ।

    प्रदर्शनकारीलाई तिरवितर बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो ।

     


    सोमवार, चैत्र १६ २०७७०८:१२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij