Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सर्‍यो

कोरोना चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सर्‍यो

  • मंगलवार, चैत्र १७ २०७७

  • 1.1K
    SHARES

  • कोरोना चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सर्‍यो

    एजेन्सी । कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सरेको एक प्रारम्भिक प्रतिवेदन देखाएको छ ।

    चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को संयुक्त टोलीको गरेको अध्ययनले जनावरमार्फत मानिसमा भाइरस सरेको प्रतिवेदन तयार गरेको छ ।

    एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशाबाट मानिसमा कारोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्याता रहेको देखिन्छ । अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरुप नै आएको भएपनि धेरै प्रश्न जवाफविहिन छन् । प्रतिवेदन सार्वजनिक गर्न पटक पटक ढिलाइ गरिएको छ ।

    चिनियाँ अधिकारीले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लुएचओको कार्यालयका एक कूटनीतिज्ञबाट हिजो अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । सो प्रतिवेदन अन्तिम चरणमा परिर्वतन हुने वा नहुने भन्ने बारेमा केही स्पष्ट छैन ।

    अनुसन्धाताहरुले चार वर्गमा परिस्थतिलाई चित्रण गरेको छन् । जसमा चमेरोबाट अर्को जनावार हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको मासुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ ।

    यद्यपी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स कोभ २ भाइरसबीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुन सक्ने देखिएको छ ।

    वुहान न मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको जानकारी दिएका छन् । यसका केही तथ्य जाचँ र अनुवादको काम भइरहेको बताउदै उनले भने ‘केही दिनमा प्रक्रिया पुरा गरेर सार्वजनिक गरिने छ ।’


    मंगलवार, चैत्र १७ २०७७०८:३८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij