काठमाडौं । सर्वोच्च अदालतले नेकपा विवादबारेको पुनरावेदन निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ । अस्वीकार गर्दै अदालतले पहिलेकै फैसला सदर पनि गरेको छ ।

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार रिट दायर गर्नुभएको थियो ।
सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो ।