Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए १ सय ७९ संक्रमित, १ सय ११ संक्रमणमुक्त

२४ घण्टामा थपिए १ सय ७९ संक्रमित, १ सय ११ संक्रमणमुक्त

  • शुक्रवार, चैत्र २० २०७७

  • 1.0K
    SHARES

  • २४ घण्टामा थपिए १ सय ७९ संक्रमित, १ सय ११ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ ।

    २४ घन्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

    हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । मृतकको संख्या भने २ हजार ३१ रहेको छ ।


    शुक्रवार, चैत्र २० २०७७०४:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij