Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारत कोरोना संक्रमण हटस्पट बन्दै, नयाँ सक्रमितको संख्या यो साता झनै उच्च

भारत कोरोना संक्रमण हटस्पट बन्दै, नयाँ सक्रमितको संख्या यो साता झनै उच्च

  • आइतवार, चैत्र २२ २०७७

  • 1.2K
    SHARES

  • भारत कोरोना संक्रमण हटस्पट बन्दै, नयाँ सक्रमितको संख्या यो साता झनै  उच्च

    एजेन्सी । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारत विश्वमा कोरोना संक्रमण हटस्पट बनेको छ । नयाँ सक्रमितको संख्या यो साता झन उच्च देखिएको छ ।

    यहाँ पछिल्लो २४ घण्टामा मात्र ९३ हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी ५ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या हाल विश्वमा नै सबैभन्दा उच्च हो ।

    नयाँ कोरोना संक्रमणको दैनिक थपिएको संख्याको दरलाई हेर्दा शुक्रबारको तुलनामा भारत अमेरिका र ब्राजिलभन्दा अग्रस्थानमा देखिएको छ । शुक्रबार ८९ हजारमा संक्रमण पुष्टि भएको थियो । ६ महीनायता पहिलो पटक भारतमा सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।

    एक सातामा थपिएका संक्रमितको औषत संख्या पनि भारतमा अन्य देशभन्दा धेरै रहेको छ । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा एकै दिन झण्डै ५० हजार संक्रमित थपिएका छन् भने २ सय ७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रसँगै छत्तीसगढ, मध्यप्रदेश र गुजरातमा पनि संक्रमण तीव्र देखिएको छ ।


    आइतवार, चैत्र २२ २०७७०९:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij