Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छः स्वास्थ्यमन्त्री

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छः स्वास्थ्यमन्त्री

  • सोमवार, चैत्र २३ २०७७

  • 1.0K
    SHARES

  • कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छः स्वास्थ्यमन्त्री

    काठमाडौँ – सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ।

    तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो।

    आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताउनुभयो।

    ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ उहाँले भन्नुभयो ।


    यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।

    माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २६६ नयाँ संक्रमित भेटिएका छन् । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताउनुभयो ।

    पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उहाँले अगाडि भन्नुभयो, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन।’

    उहाँका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने भन्दै उहाँले भन्नुभयो, ‘खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।’

    मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।


    सोमवार, चैत्र २३ २०७७०५:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij