Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बन्दुकधारीले आक्रमण गरेसँगै नाइजेरियाको जेलबाट १८ सय कैदीबन्दी भागे

बन्दुकधारीले आक्रमण गरेसँगै नाइजेरियाको जेलबाट १८ सय कैदीबन्दी भागे

  • मंगलवार, चैत्र २४ २०७७

  • 975
    SHARES

  • बन्दुकधारीले आक्रमण गरेसँगै नाइजेरियाको जेलबाट १८ सय कैदीबन्दी भागे

    एजेन्सी । नाइजेरियाको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् ।

    बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ ।

    दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश गरेर ती बन्दुकधारीहरुले जथाभावी आक्रमण गरेको बताइएको छ ।

    विद्रोहीको अक्रमणपछि पनि ३५ जना कैदीबन्दी भने नभागेको बताइएको छ । नाइजेरिय सरकारले प्रतिबन्धीत विद्रोही चरमपन्थीले कारागारमा आक्रमण गरेको दावी गरेको छ ।

    ष्ट्रपति मुहम्मद बुहारीले हतिरयारधारी समूहले नागरिकमाथि त्रास फैलाएको भन्दै निन्दा गरेका छन् । तर विद्रोहीले घटनाको जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

    आक्रमणकारी केही सवारीसाधान र भौतिक संरचनामा समेत आगजनी गरेका छन् ।


    मंगलवार, चैत्र २४ २०७७०९:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij