Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्द्र, राजीनामा बुझाए दुई मन्त्रीले !

गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्द्र, राजीनामा बुझाए दुई मन्त्रीले !

  • बुधवार, चैत्र २५ २०७७

  • 1.2K
    SHARES

  • गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्द्र, राजीनामा बुझाए दुई मन्त्रीले !

    काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा आज मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् ।

    मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेतासमेत रहेका चुमानले बताए । मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताएका थिए ।

    'सहकार्य गर्ने मन थियो । तर, माथिबाटै निर्णय आइसकेपछि बस्न सकेनौं,’ राजीनामा पत्र बुझाउँदै उनले मुख्मन्त्रीसँग भने, ‘केन्द्रकै आदेश मान्ने अवस्था आयो । आगामी दिनमा फेरि सँगै काम गर्ने वातावरण बनोस् ।’

     


    बुधवार, चैत्र २५ २०७७०२:०४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij