Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थप

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थप

  • बुधवार, चैत्र २५ २०७७

  • 665
    SHARES

  • पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थप

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा ७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल ६५ जना क्वारेन्टाइनमा छन् । नेपालमा पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएको छ । संक्रमण बढ्दै गएपछि मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्दै आइरहेको छ ।  


    बुधवार, चैत्र २५ २०७७०५:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij