Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले विदेशी शक्तिकोअघि आत्मसमर्पण गरे : प्रचण्ड

ओलीले विदेशी शक्तिकोअघि आत्मसमर्पण गरे : प्रचण्ड

  • बुधवार, चैत्र २५ २०७७

  • 865
    SHARES

  • ओलीले विदेशी शक्तिकोअघि आत्मसमर्पण गरे : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाउनुभएको छ ।

    आज सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गर्नुभयो । केपी शर्मा ओलीले संविधान च्यात्ने काम सुरु गरेको उहाँको आरोप छ ।

    उहाँले ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाउनुभएको छ । त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नुहेने कुरा गरेको प्रचण्डको दाबी छ ।


    बुधवार, चैत्र २५ २०७७०७:०१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij