एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदै छ ।
चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुने छ ।
मुम्बई र बैंग्लोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुने छ ।
एमए चिदंबरम स्टेडियममा रोहित शर्माको कप्तानीमा मुम्बई सुखद सुरुवात गर्न चाहन्छ । साविक विजेता मुम्बई आईपीएलको नयाँ संकरणको पहिलो खेलबाटै आफ्नो दाबेदार पस्कन चाहन्छ ।
तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंग्लोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन । बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ । बैंग्लोररले २ खेल जितेको छ ।
गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।