Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाले ओलीलाई नै सत्ता चलाउन सहयोग गर्न सक्छ : महतो

जसपाले ओलीलाई नै सत्ता चलाउन सहयोग गर्न सक्छ : महतो

  • आइतवार, चैत्र २९ २०७७

  • 1.1K
    SHARES

  • जसपाले ओलीलाई नै सत्ता चलाउन सहयोग गर्न सक्छ : महतो

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोले पार्टीका मुद्धालाई सम्बोधन गरेमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकारले पनि निरन्तरता पाउन सक्ने दावी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतोले अहिले वार्ता चलिरहेकाले वर्तमान सरकारसँगै पनि जसपाको सत्ता साझेदारी हुनसक्ने जानकारी दिनुभयो ।

    जुन पार्टीले जसपाका मुद्धा सम्बोधन गर्छ त्यसैसँग सत्ता साझेदारी गर्ने दावी उहाँले गर्नुभएको छ ।

    उहाँले पार्टीले सत्ता समिकरणबारे आधिकारिकरुपमा निर्णय नगरिसकेकाले अहिले नै कोसँग सहकार्य हुन्छ भन्नेबारे केहि अनुमान गर्न नसकिने जानकारी दिनुभयो ।

    सत्ता समिकरणको विषयलाई लिएर जसपा पार्टी नफुट्ने पनि नेता महतोले बताउनुभएको छ ।


    आइतवार, चैत्र २९ २०७७०६:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij