Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना महामारी

विद्यालय बन्द गर्ने–नगर्नेबारे बाझियो बहस, शिक्षा मन्त्रालयले बोलायो बैठक

विद्यालय बन्द गर्ने–नगर्नेबारे बाझियो बहस, शिक्षा मन्त्रालयले बोलायो बैठक

  • आइतवार, चैत्र २९ २०७७

  • 1.4K
    SHARES

  • विद्यालय बन्द गर्ने–नगर्नेबारे बाझियो बहस, शिक्षा मन्त्रालयले बोलायो बैठक

    काठमाडौं । बालबालिकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने बहस चलेको छ ।
    स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै विद्यालय बन्दका लागि सिफारिस नै गरेको छ ।

    कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।

    यही विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक बोलाएको छ । सोमबार बिहान ८ बजे मन्त्रालयमै बस्ने गरी बैठक बोलाइएको हो ।

    मन्त्रालयका एक कर्मचारीका अनुसार सोमबार विद्यालयका सरोकारवालालाई बैठकमा बोलाइएको छ । उनीहरुसँगको छलफल पछि कोरोना संक्रमण दर बढ्दा विद्यालय सञ्चालन गर्ने कि बन्द गरेर अनलाइन माध्यमबाट पढाउन थाल्ने भन्ने निर्णय हुन सक्ने उहाँले बताउनुभयो ।

    यसैबीच , देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा सिसिएमसीले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।

    प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आज विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

    ‘२०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्छ ।'

    विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको विज्ञप्तिमा उल्लेख छ ।

     


    आइतवार, चैत्र २९ २०७७०३:५०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij