Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

  • आइतवार, चैत्र २९ २०७७

  • 807
    SHARES

  • २४  घण्टामा ३०३ कोरोना संक्रमित थपिए

    काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।


    यस्तै पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् ।


    आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।

    मुलुकभर ८३ जना क्‍वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन ।

    हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् ।


    आइतवार, चैत्र २९ २०७७०५:४७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij