Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ गठबन्धनका लागि जसपाले आज निर्णय गर्ला त ?

नयाँ गठबन्धनका लागि जसपाले आज निर्णय गर्ला त ?

  • मंगलवार, चैत्र ३१ २०७७

  • 750
    SHARES

  • नयाँ गठबन्धनका लागि जसपाले आज निर्णय गर्ला त ?

    काठमाडौं । नयाँ गठबन्धनका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा)को बैठक आज पनि बस्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर सरकार बनाउने की काँग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने भन्ने बारेमा छलफल गर्न आज पनि दिउसो २ बजेपछि जसपाको बैठक बस्ने तय भएको हो ।

    केही दिनदेखि आन्तरिक छलफलमा रहेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीसँग मिलेर सरकार बनाउने तयारी गरेपनि औपचारिक निर्णय भने गर्न सकेको छैन ।

    जसपालाई अन्य प्रतिपक्षी दलहरुले पनि मिलेर नयाँ सरकार गठनका लागि पटक पटक प्रस्ताव समेत राखेका छन् । केही दिन अगाडि बसेको काँग्रेस र माओवादीसँगको बैठकमा जसपालाई काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि सघाउन र त्यस सरकारमा सहभागी हुन प्रस्ताव गर्नु भएको थियो ।

    उहाँको प्रस्तावमा पार्टीमा छलफल गर्ने जवाफ त्यतिबेला दिएको जसपाले अहिले त्यही विषयमा छलफल भइरहेको जनाइएको छ ।

    अहिलेको सत्ता पक्ष र प्रति पक्ष दुवै पक्षले जसपालाई आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रस्ताव गरिरहेका छन् । तर जसपाले भने निर्णय दिन नसक्दा राजनीतिक अन्यौलता बढेको छ ।

    जसपाका केही नेता ओलीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा रहेका छन् भने केही नेताहरु काँग्रेस र माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा रहेका छन् ।

    जसपा भित्रका दुवै पक्ष आ आफ्नो अडानमा रहेकाले जसपा नै अनिर्णयको बन्दी भएको हो। अनिर्णयको बन्दी भएको भन्दै सर्वत्र आलोचना भएपछि चाडै निर्णय गर्नु पर्ने दवावमा जसपा परेको छ ।


    मंगलवार, चैत्र ३१ २०७७०८:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij