Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकीका तीन जिल्लामा पनि थपिए १२ जना कोरोना संक्रमित

गण्डकीका तीन जिल्लामा पनि थपिए १२ जना कोरोना संक्रमित

  • सोमवार, श्रावण ५ २०७७

  • 645
    SHARES

  • गण्डकीका तीन जिल्लामा पनि थपिए १२ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङका गरी १२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

    पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    त्यस्तै आज थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक–एक जना हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ ।

    गण्डकीमा १००४ जना भने डिस्चार्ज भएर घर फर्केका छन् । मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन् ।


    सोमवार, श्रावण ५ २०७७१२:४७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij