Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपीएलमा आज राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा

आइपीएलमा आज राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा

  • बिहिवार, बैशाख २ २०७८

  • 868
    SHARES

  • आइपीएलमा आज राजस्थान र दिल्लीबीच प्रतिस्पर्धा

    एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुदै छ ।

    मुम्बईमा हुने राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।

    राजस्थान पहिलो जित निकाल्ने लक्ष्यमा हुने छ । पहिलो खेलमा राजस्थान पन्जाब किङ्ससँग ४ रनले पराजित भएको थियो ।

    तर, दिल्लीविरुद्ध अलराउण्डर बेन स्टोक्सले खेल्ने छैनन् । चोटका कारण उनले आईपीएलको बाँकी खेल गुमाउने छन् ।

    दिल्ली भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले हराएको थियो ।

    दुई टिमबीचको पहिल्लो प्रतिस्पर्धामा दिल्ली बलियो देखिएको छ ।

    पछिल्लो पाँच खेलमा दिल्लीले पाँचै खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल दिल्लीले जितेको थियो ।


    बिहिवार, बैशाख २ २०७८०८:३७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij