काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभएको छ ।
प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।