Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण, एक स्वास्थ्यकर्मीसहित ८ जनाको मृत्यु

नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण, एक स्वास्थ्यकर्मीसहित ८ जनाको मृत्यु

  • सोमवार, बैशाख ६ २०७८

  • 906
    SHARES

  • नेपालमा थप १२ सय ८१ जनामा कोरोना संक्रमण, एक स्वास्थ्यकर्मीसहित ८ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो।

    यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
    गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ ।
    यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

    एक स्वास्थ्यकर्मीको मृत्यु 

    कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु भएको छ।
    दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
    भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले ६ दिनदेखि भेरीमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको जानकारी दिनुभएको छ ।
    ‘दाङबाट नै कोरोना भएर यहाँ ल्याइएको थियो, ६ दिनसम्म उपचार गरियो, बचाउन सकिएन,’ मेसु डा. थापाले भन्नुभयो, । मृतक दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थयो ।

     


    सोमवार, बैशाख ६ २०७८०४:३२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij