Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.2K
    SHARES

  • त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित

    काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको छ । जारी टी–२० सिरिजमा नेपालको यो पहिलो हार हो ।

    यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ब्याट्सम्यान बास डी लिडे चम्किदा नेदरल्याण्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य ३ बल बाँकी छदा पूरा गर्‍यो ।

    टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रनको योगफल बनाएको थियो ।

    नेपालले नेदरल्याण्ड्सविरुद्ध आज सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेनन् ।

    कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलबीच ७८ रनको साझेदारी भएको थियो । जसमा कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतले ६२ रन बनाए ।

    ४६ रनको अवस्थामा उनले नो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । उनी डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

    नेपालका दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । दिपेन्द्रले पनि टी २० मा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए । करण केसी एक रनमा आउट भए ।

    नेदरल्याण्ड्सका पिटर सेलार र भिभिन किंग्माले दुई दुई विकेट लिए ।

    जवाफमा नेदरल्याण्ड्सले १९ ओभर बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेदरल्याण्ड्सको जीतमा बास डी लिडेले ८१ रन बनाए ।

    अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जीतका लागि ६ रन चाहिएको थियो । जसमा उनले लगातार दुई चौका प्रहार गर्दै जित निकाले ।


    मंगलवार, बैशाख ७ २०७८०५:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij