काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ।
कोरोनाको हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ।
मुलुकभर पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसका २,६१८ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।
यस्तै २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ३६८ जना संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ।
कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ।