Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तेस्रो मुलुक जाने विदेशीका लागि स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

तेस्रो मुलुक जाने विदेशीका लागि स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

  • आइतवार, बैशाख १२ २०७८

  • 597
    SHARES

  • तेस्रो मुलुक जाने विदेशीका लागि स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सूचना जारी गरेको छ ।

    यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ । त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियमअनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

    पछिल्लोसमय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिस नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन् । त्यसरी आएका मानिसहरूले नेपालमा पनि पिसिआर परीक्षण गराउँदै आएका थिए ।

    अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालालाई निर्देशन दिएको हो ।

    साथै मन्त्रालयले नेपालबाट विदेश जानेहरूका लागि सरकारी अस्पताल र ६ वटा निजी अस्पताल तोकेको छ ।

    निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल, टिचिङ हस्पिटल र यूनिभर्सल अस्पताल भैरहवा छन् ।

     


    आइतवार, बैशाख १२ २०७८०३:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij