काठमाडौँ– कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्प्तालले जनाएको छ।
उनीहरुमा स्वासप्रश्वासको समस्या नहोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।
उनीहरु शनिबार दिउँसो अस्पताल भर्ना भएका थिए।
पूर्वराज दम्पतीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ।
तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।