Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड विजयी

वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड विजयी

  • मंगलवार, श्रावण ६ २०७७

  • 701
    SHARES

  • वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा  इंग्ल्याण्ड विजयी

    वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्ड विजयी भएको छ । जितसँगै म्यानचेष्टरमा सम्पन्न दोस्रो टेष्टमा इंग्ल्याण्डले ११३ रनको जित हात पारेको हो । जारी प्रतियोगिता अन्र्तगत इंग्ल्याण्डले ३ खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको छ । पहिलो टेष्ट वेष्टइन्डिजले ४ विकेटले जितेको थियो ।

    पहिलो इनिङ्समा इंग्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाएको थियो । पहिलो इनिङ्समा इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले शतक बनाएका थिए । वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए । वेष्ट इन्डिज भने पहिलो इनिङ्समा २८७ रनमा अलआउट भएको थियो ।

    इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३ विकेट गुमाएर १२९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । घरेलु टोली इंग्ल्याण्डले दिएको ३१२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको वेष्ट इन्डिज १९८ रनमा अलआउट भएको थियो । अब दुई टोलीबीचको तेस्रो तथा निर्णायक टेष्ट शुक्रवारदेखि म्यानचेष्टरमै हुनेछ ।


    मंगलवार, श्रावण ६ २०७७०२:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij