Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा एकैदिन ३५ जनाको मृत्यु, झण्डै पाँच हजार संक्रमित

नेपालमा एकैदिन ३५ जनाको मृत्यु, झण्डै पाँच हजार संक्रमित

  • बिहिवार, बैशाख १६ २०७८

  • 1.8K
    SHARES

  • नेपालमा एकैदिन ३५ जनाको मृत्यु, झण्डै पाँच हजार संक्रमित

    काठमाडौँ – नेपालमा पछिल्लो चोबीस घण्टामा कोभिड १९ संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोभिड संक्रमण अवधिकै उच्च हो।

    यसअघि ०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । वैशाख महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्।

    काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टा ८८८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ।

    यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ।


    बिहिवार, बैशाख १६ २०७८०४:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij