Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता स्थगित

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता स्थगित

  • मंगलवार, श्रावण ६ २०७७

  • 1.2K
    SHARES

  • गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता स्थगित

    काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता स्थगित भएको छ । गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनले आयोजना गर्दै आएको प्रतियोगिता स्थगित भएको हो ।

    यसअघि गत चैत १८ देखि २२ गतेसम्म काठमाडौंमा प्रतियोगिता आयोजना हुने तय भएको थियो । तर, विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइसरका कारण प्रतियोगिता स्थगित भएको थियो ।

    यसै प्रतियोगिताका लागि विभिन्न प्रदेशस्तरीय छनोट प्रतियोगितासमेत सम्पन्न भइसकेको थियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशको छनोट प्रतियोगिता सम्पन्न भइसकेको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।


    मंगलवार, श्रावण ६ २०७७०४:४०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij