Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्रीको नियुक्ति बदर र शपथ रोक्न माग गर्दै प्रदेशसभामा चार दलको धर्ना

मुख्यमन्त्रीको नियुक्ति बदर र शपथ रोक्न माग गर्दै प्रदेशसभामा चार दलको धर्ना

  • आइतवार, बैशाख १९ २०७८

  • 951
    SHARES

  • मुख्यमन्त्रीको नियुक्ति बदर र शपथ रोक्न माग गर्दै प्रदेशसभामा चार दलको धर्ना


    बुटवल — नेकपा एमालेका नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ ।

    बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्ने मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन् । कांग्रेस प्रमुख सचेतक फकरुदीन खानले सत्ता र शक्तिको दुरुपयोग गरी एकतर्फी मुख्यमन्त्रीको नियुक्ति गरेकाले नियुक्ति बदर र शपथ रोक्न धर्नामा बसेको बताउनुभयो।

    लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले आइतबार दिउँसो एक बजे बहुमत प्रदेशसभा सदस्य आफूमा रहेको मौखिक जानकारी गराउँदै ४ बजेसम्म लिखित हस्ताक्षर लिएर आउने बताएका थिए । दिउँसो ४ बजे ४२ जना सांसदको हस्ताक्षर लिएर गठबन्ध्न् पुग्दा प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

    मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गर्नुभएको थियो । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

    कांग्रेस माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ ।

     


    आइतवार, बैशाख १९ २०७८०५:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij