Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा झनझन बढ्दैछ संक्रमण, एकैदिन थपिए आठ संक्रमित

काठमाडौँमा झनझन बढ्दैछ संक्रमण, एकैदिन थपिए आठ संक्रमित

  • मंगलवार, श्रावण ६ २०७७

  • 771
    SHARES

  • काठमाडौँमा झनझन बढ्दैछ संक्रमण, एकैदिन थपिए आठ संक्रमित

    काठमाडौँ – पछिल्लो चौबिस घण्टामा काठमाडौँमा मात्रै थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौँमा ८ सहित देशभर थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    यस्तै ललितपुरमा पनि थप एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँ उपत्यकामा मात्रै गत चौबिस घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ९ रहेको छ ।

    जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा झापाका २, सर्लाहीका २, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ४, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, चितवनका १, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, सर्लाहीका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा १५० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रेफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार जानकारी दिए ।

    नेपालमा सक्रिय संक्रमितको संख्या भने ५ हजार ४ सय ७७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको डा. गौतमले जानकारी दिए ।

    क्वारेन्टिनमा रहेकाहरुको संख्या २१ हजार ७ सय ४ रहेको छ । पछिल्लो चौबिस घण्टामा ६०९ जना संक्रमण मुक्त भइ आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमित मध्येको ६९.३४ प्रतिशत रहेको डा। गौतमले जानकारी दिए ।

    हालसम्म नेपालमा कोरोना संक्रमणका कारण जम्मा ४० जनाको मृत्यु भएको छ।


    मंगलवार, श्रावण ६ २०७७०४:४६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij