Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकैदिन ७४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

एकैदिन ७४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

  • सोमवार, बैशाख २० २०७८

  • 715
    SHARES

  • एकैदिन ७४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टिजेन परीक्षणबाट ६० जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

    गत २४ घण्टामा थप ३७ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।


    सोमवार, बैशाख २० २०७८०५:५०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij