Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट ज्यान गुमाएकाको शवबाट भाइरस सर्छ कि सर्दैन ?

कोरोनाबाट ज्यान गुमाएकाको शवबाट भाइरस सर्छ कि सर्दैन ?

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.1K
    SHARES

  • कोरोनाबाट ज्यान गुमाएकाको शवबाट भाइरस सर्छ कि सर्दैन ?

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोरोना भाइरस (कोभिड–१९) सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन ।

    यो रोग लगाउने सार्स–कोभ–२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा ¥याल जस्ता कुराका छिटाहरूबाट सर्छ । बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन् ।
    अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन् ।

    ‘आजका दिनसम्म मृतकको शरीरबाट जीवित मानिसमा यो भाइरस (कोरोना) सरेको कुनै पनि प्रमाण भेटिएको छैन’, एप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा पान–अमेरिकन हेल्थ अर्गनाइजेशनका एक प्रवक्ता विलियम अडुक्रोले भनेका थिए, ‘त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ । तपाईँ मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ । हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ ।’

    डब्ल्युएचओले सन् २०२० को मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका इबोलाजस्ता ज्वरो र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ ।
    ‘यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ । अन्यथा शवबाट रोग सर्दैन’, त्यसमा भनिएको छ ।

    डब्लुएचओका अनुसार तर कडा खाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन् । चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन् । त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन् ।

    ‘कोभिड–१९ लागेर ज्यान गएकाहरूका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ’, निर्देशिकामा भनिएको छ ।

    (बिबिसीको सहयोगमा)

     


    मंगलवार, बैशाख २१ २०७८११:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij